पोखरामा २३ वर्षपछि निकालिएको बाघजात्रा भव्यताका साथ सम्पन्न

पाेखरा | भदौ २०, २०८०

पोखरामा २३ वर्षपछि निकालिएको बाघजात्रा भव्यताका साथ सम्पन्न

पोखरा:   पोखरामा २३ वर्षपछि निकालिएको बाघजात्रा भव्य रुपमा सम्पन्न भएको छ । 


पोखरामा तीनसम्म चलेको जात्राहरुको पनि जात्राको रुपमा रहेको बाघजात्रामा पोखराका विभिन्न स्थानमा बाघको खोजी गर्दै पोखरा रंगशालामा सांकेतिक रुपमा बाघको बध गर्दै जात्रा समापन भएको हो । 

 
संस्कृति विद् जगमान गुरुङले हिसं्रक बाघलाई मारेपछि यो जात्रा सुरु भएको बताए । उनले जात्राले हिंसा र भयरहित समाज निर्माण गनेृ सन्देश दिदैँ अन्त्य भएको सुनाए । पोखराको शहरीकरण, आर्थिक विकास र संवृद्धिसंग नेवार समुदायको महत्वपूर्ण भूमिका रहेको सुनाउँदै उनले देश संवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । 


बाघजात्राले पनि सोहि सन्देश दिएको उनको भनाई छ । ‘यो बाघजात्राको रुपमा मात्रै होइन यसले अहिंसाको सन्देश दिइरहेको छ । एकताले काम ग¥यो भने जस्तो सुकै हिसांको पनि अन्त्य हुन सक्छ भन्ने सन्देश पनि दिएको छ । बाघ हिंस्रक हुन्छ त्यसलाई मार्न सहज हुँदैन । 


त्यहि कुरा आज यहाँ देखाइदैछ’ उनले भने, ‘देश संवृद्धिमा नेवारी समुदायको भूमिका महत्वपूर्ण छ । २३ वर्षपछि देखाएको यो जात्राले हिंसामुक्त, भयरहित शान्ति समाजको बनाउने सन्देश दियो ।’


यस्तै सुनिल उलकले बाघजात्रा इतिहाससंग जोडिएको विषय रहेको सुनाए । उनले धेरै समयअघि मानिसहरुले वन अतिक्रमण गर्दै बस्ती विस्तार गर्नेक्रमा बाघको आक्रमणले आजित हुने गरेका थिए । गाईवस्तुदेखी मानिस समेत बाघ सिकार हुँदा सामान्य रुपमा मार्न नसकेपछि राजाकोमा विन्ति चढाई हिंस्रक बाघ मारिएको थियो । 


बाघजात्रा सामान्य नरहेको उनको भनाई छ । उनका अनुसार बाघमार्न तान्त्रि धुनको पनि आवश्यक पर्छ जसले बाघलाई लठ्याउने गर्दछ । पोखरामा अहिले दुई जनामात्रै बाजा बजाउन जान्ने व्यक्ति रहेको र तिनै व्यक्तिबाट युवाहरुलाई बाजा सिकाई बाजाको लोप हुनबाट जोगिएको बताए । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बाघजात्राको संरक्षण र प्रबद्र्धनमा जोड दिनुपर्ने बताए । उनले बाघजात्रा एक समुदायको मात्र नभई सबै नागरिकका लागि भएको बताए । 
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्